थप ३७२ जनामा सङ्क्रमण पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ५ हजार ३१६ जनाको पीसीआर परीक्षण गर्दा २९७ र २ हजार ५९५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९११ जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ९ हजार ५२६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment