मलामी गएका युवकको डुबेर मृत्यु

डिसी नेपाल
१४ कार्तिक २०७८ १८:१४
284
Shares

काठमाडौं ।गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–७ का एक व्यक्ती डुबेर मृत्यु भएको छ ।

रुपाकोटका १९ बर्षीय शंकर पौड्यालको कालिगडकी नदीमा डुबेर मृत्यु भएको हो ।सोही गाउँका ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भएपछि मलामी गएका उनको दाहसंस्कार सकिएसँगै नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

रिडी ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुबराज बमको नेतृत्व र ईलाका प्रहरी कार्यालय जोहङ्गबाट असई लक्ष्मण बिकको कमाण्डमा ४ जनाको टोलीले खोज तलास गर्दै जाँदा आइतबार दिउँसो १२ बजेको समयमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। रुद्रवेणीघाट भन्दा ८ किलो मिटर दक्षिण कालिगण्डकी नदीमा उनको शव फेला परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.