नेपाली राष्ट्रिय क्रिकेट टोलीको मूख्य प्रशिक्षकको लागि ६० जनाको आवेदन

डिसी नेपाल
१५ कार्तिक २०७८ १०:३६
272
Shares

काठमाडौं। ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका मूख्य प्रशिक्षक डेभ व्हाटमोरले अचानक राजीनामा दिएपछि रिक्त रहेको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि ६० जना प्रशिक्षकहरुले आवेदन दिएको नेपाल क्रिकेट संघ ( क्यान )ले बताएको छ।

क्यानले गठन गरेको छनोट गरेको पूर्व राष्ट्रिय क्रिकेटर र क्यानका पदाधिकारीहरुको सम्मिलित समितिले आवेदन परेका प्रशिक्षकको केहि दिनमा अन्तर्वाता गर्ने जनाएको छ ।क्यानले कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *