लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा
Australian players congratulate England's Jos Buttler during the Cricket Twenty20 World Cup match after England's win, in Dubai, UAE, Saturday, Oct. 30, 2021. (AP Photo/Aijaz Rahi)
काठमाडौं। लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो। जितका लागि १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको थियो।
श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए। भानुका राजपक्षे र दासुन शनाका समान २६ रनको योगदान दिए। इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र मोईन अलीले २-२ विकेट लिए।
यसअघि शारजाहमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। इंग्ल्यान्डका ओपनर जस बटलरले १०१ रनको अविजित शतकीय इनिङ खेले । ओईन मोर्गनले ४० रनको योगदान दिए। श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ३ विकेट लिए। यसअघि इंग्ल्यान्डले वेस्टइन्डिज, बंगलादेश र अष्ट्रेलियालाई पराजित गरेको थियो।
सुपर -१२ को समूह – १ मा इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ। अष्ट्रेलिया दोस्रो स्थानमा छ। दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश अंक तालिकाकाे पुछारमा छ। समूह- २ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ शीर्ष स्थानमा छ।







डिसी नेपाल







Facebook Comment