जनकपुर बम विष्फोटको घटनामा पूर्वमन्त्री संजय ‘टकला’लाई ११ वर्ष जेल सजाय
काठमाडौं। जनकपुरमा ९ वर्षअघि भएको बम विष्फोटको घटनामा पूर्व राज्यमन्त्री संजय साह ‘टकला’लाई ११ वर्षको जेल सजाय सुनाइएको छ । उच्च अदालत जनकपुरले पूर्वमन्त्री साहलाई सजाय सुनाएको थियो । यो बम विष्फोटको घटनामा ५ जनाको ज्यान गएको थियो ।
यसअघि धनुषा जिल्ला अदालतले साहलाई जन्मकैदको जसाय सुनाएको थियो । यसपछि साहले उच्च अदालतमा पुनरावेदन गरेका थिए । यसअघि जिल्ला अदालतले टकलालाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको भए पनि उच्च अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेन । बरु उनलाई ५ जनाको ज्यान जाने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय हुने फैसला सुनाएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले साहलाई सजाय सुनाएको हो । २०६९ बैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरमा धर्ना बसेकालाई लक्षित गरी बम विष्फोट गराइएको थियो । ५ जनाको ज्यान गएको र ३२ जना घाइते भएको यो विष्फोटको षड्यन्त्र टकलाले गरेको उच्च अदालतले ठहर गरेको हो । जिल्ला अदालतको फैसलादेखि नै टकला काठमाडौंको नख्खु कारागारमा छन् ।







डिसी नेपाल








Facebook Comment