थप ४६९ जनामा सङ्क्रमण पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ७ हजार ११५ जनाको पीसीआर परीक्षण गर्दा ४२२ र ३ हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ९ हजार १७४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment