टि–२० विश्वकपमा पाकिस्तानले नयाँ विश्वरेकर्ड बनायो
काठमाडौं। टि–२० विश्वकपमा लगातार चौथो जितसहित पाकिस्तान सेमिफाइनलमा पुगेको छ । मंगलबार पाकिस्तानले एक पटक फेरि शानदार ब्याटिङको प्रदर्शन गर्दै नामिबियाको अगाडि १८९ रनको लक्ष्य राख्यो र उसलाई ४५ रनले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
पाकिस्तान यो विश्वकपको सेमिफाइनलमा पुग्ने दोसे टिक बनेको छ । यसअघि इङल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । २००७ मा सुरु भएको टि–२० विश्वकपको यो सातौं संस्करण हो । पाकिस्तान पाँचौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । यससँगै पाकिस्तान सबैभन्दा धेरै पटक विश्वकपको सेमिफाइनलमा पुगेर नयाँ विश्वरेकर्ड बनाएको छ । पाकिस्तानले २००९ को विश्वकपको उपाधि पनि जितिसकेको छ ।
✅ World-class opening batters
✅ Well balanced bowling attack
✅ Winning the crucial momentsThere’s no luck involved in Pakistan’s run to the #T20WorldCup Semi-Finals ?https://t.co/OOm0lfC17Y
— ICC (@ICC) November 3, 2021
यो इतिहास बनाउने क्रमको सुरुवात पाकिस्तानले आफ्नो चिर प्रतिद्वन्द्वी भारतलाई हराउँदै गरेको थियो । कुनै पनि विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक थियो । पाकिस्तानले कुनै पनि टि–२० खेल १० विकेटले जितेको र भारतले कुनै पनि टि–२० १० विकेटले हारेको पनि यो पहिलो पटक थियो ।
यो जितले पाकिस्तानको टिमको मनोबल उच्च भयो र उसले अहिलेसम्म एउटा पनि खेल हारेको छैन । भारतलाई जितेपछि पाकिस्तानले क्रमशः न्यूजिल्याण्ड, अफगानिस्तान र नामिबियालाई हराएको छ । सेमि फाइनलभन्दा अघि अब उसले स्कटल्याण्डसँग खेल्न बाँकी छ ।







डिसी नेपाल







Facebook Comment