‘पाकिस्तानको जितमा खुसी मनाउनेहरुको पिटेर छाला काढ्नुपर्छ, नागरिकता रद्द गरिनुपर्छ’
काठमाडौं। जम्मु कश्मीरमा भारतीय जनता पार्टीका नेता तथा पूर्व एमएलसी बिक्रम रंधावाले टि–२० विश्वकपमा भारतको हारमा खुसी मनाउनेहरुको विरुद्ध दिएको बयानका कारण ठूलो विवाद भएको छ । अंग्रेजी अखबार इण्डियन एक्सप्रेसका अनुसार बिक्रम रंधावाले भनेका थिए ‘भारतको हारमा खुसी मनाउनेहरुलाई कुटीकुटी छाला काढिदिनुपर्छ र उनीहरुको भारतीय नागरिकता पनि रद्द गरिदिनुपर्छ ।’
बिक्रम रंधावाको एउटा भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ जसमा उनले यो बयान दिएको देख्न सकिन्छ । रंधावाले भनेका छन् ‘२२–२३ वर्षका केटीहरु जो जम्मुमा बुर्कामा घुम्छन् र कश्मिरमा ज्याकेट हावामा उडाउँदै पाकिस्तान जिन्दाबादको नारा लगाइरहेका छन् । यी २१–२२ वर्षका केटीहरुले नशामा पाकिस्तानप्रति स्नेह पालेका छन् । यिनीहरुले पाकिस्तानको दोस्रो जितमा खुसी किन मनाएनन् ?’

रंधावाले अगाडि भनेका छन् ‘यिनीहरुको यस्तो दुर्दशा गरौं कि आउने पिढीले पनि याद राखुन् कि हिन्दुस्तानमा रहेर हिन्दुस्तानको विरुद्ध नाराबाजी गर्नु वा अर्को देशको पक्षमा हुल्लडबाजी गरेको के नतिजा हुन सक्छ । उनीहरुका मातापितालाई पनि महसुस हुनुपर्छ कि उनीहरुले कस्तो सन्तान जन्माए ।’ यो भिडियोमा रंधावाले यो पनि भनेका छन् ‘यदि तीन तलाक ह्वाट्सएपमा दिन्थे भने नमाज पनि ह्वाट्सएपमै पढुन् । सडकमा किन पढ्छन् ?’
रंधावाको यो बयानको मुस्लिम समुदायले कडा विरोध गरेका छन् । कैयौंले पुलिससँग उनीस्विरुद्ध कारवाही गर्न माग गरेका छन् । बिक्रम रंधावाले यो भिडियोको विषयमा इण्डियन एक्सप्रेससँग कुरा गर्दै भिडियो छेडछाड गरिएको र आफ्नो बयानलाई गलत सन्दर्भमा देखाइएको बताए । भारतीय जनता पार्टी रंधावाको बयानबाट पन्छिएको छ । बीजेपी प्रवक्ता सुनील सेठीले यसलाई निजी बयान भन्दै पन्छिएका छन् । यो सम्बन्धमा जम्मुका बरिष्ठ पुलिस अधीक्षक चंदन कोहलीले यो मामिलाको संज्ञान लिइएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment