पाकिस्तानी कप्तानले विश्वकपमा अर्को इतिहास रचे

डिसी नेपाल
१७ कार्तिक २०७८ १६:११
3.8k
Shares

काठमाडौं। पाकिस्तानी कप्तान बाबार आजमले टि–२० विश्वकपमा धमाकेदार प्रदर्शनसँगै आइसीसीको बरियतामा सबै क्रिकेटरहरुलाई उछिनेका छन् । उनी आइसीसीको बरियतामा टि–२० फरम्याटमा नम्बर १ ब्याटर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आज ताजा बरियता सार्वजनिक गरेको हो ।

बाबर आजम यसअघि २०१८ मा पनि शीर्ष स्थानमा थिए । उनी एकदिवसीय क्रिकेटमा यसअघिदेखि नै शीर्ष स्थानमा कायम छन् । बलिङतर्फं श्रीलंकाका लेग स्पिनर वानिन्दु हसरंगा करिअरमै पहिलो पटक शीर्ष स्थानमा आएका छन् । उनले विश्वकपमा दक्षिण अफ्रिका र इङल्याण्डविरुद्ध लगातार ३ विकेट लिएका थिए । उनले दक्षिण अफ्रिकाका तबरेज शम्सीलाई हटाएर शीर्ष स्थान कब्जा गरेका हुन् ।

टि–२० का शीर्ष ४ बलर स्पिनर छन् । शीर्ष स्थानका हसरंगा, दोस्रो स्थानका दक्षिण अफ्रिकी बलर तबरेज शम्सी, तेस्रो स्थानका इङल्याण्डका आदिल राशिद र चौथो स्थानका अफगानी राशिद खान सबै स्पिनर हुन् । अलराउण्डरतर्फ अफगानी कप्तान मोहम्मद नबी शीर्ष स्थानमा छन् । हसरंगा अलराउण्डरतर्फ चौथो स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *