न्यूजिल्याण्डका मार्टिन गुप्टिलले टि–२० अन्तर्राष्ट्रियमा विशाल कोसेढुंगा पार गरे

डिसी नेपाल
१७ कार्तिक २०७८ १६:५९
1.1k
Shares

काठमाडौं। न्यूजिल्याण्डका ओपनिङ ब्याटर मार्टिन गुप्टिलले टि–२० अन्तर्राष्ट्रियमा विशाल कोसेढुंगा पार गरेका छन् । उनले आज भएको स्कटल्याण्डविरुद्धको खेलमा टि–२० अन्तर्राष्ट्रियमा १५० छक्काको कोसेढुंगा पार गरे ।

यससँगै गुप्टिल टि–२० अन्तर्राष्ट्रियमा १५० छक्का हान्ने एकमात्र खेलाडी बनेका छन् । उनले दोस्रो स्थानमा रहेका भारतका रोहित शर्मालाई धेरै पछाडि छोडेका छन् । रोहित शर्माले टि–२० अन्तर्राष्ट्रियमा १३४ छक्का हानेका छन् । यद्यपि रोहित शर्मा पनि आज नै अफगानिस्तानविरुद्ध खेल्दैछन् ।

टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै छक्का हान्ने खेलाडीको सूचीमा रोहित शर्मापछि १२२ छक्कासहित वेष्ट इण्डिजका क्रिस गेल तेस्रो, ११९ छक्कासहित इङल्याण्डका कप्तान इयान मोर्गन चौथो र ११० छक्कासहित वेष्ट इण्डिजका इविन लेविस पाँचौं स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *