पोखरामा छ देशका २० जनाले गरे टीका ग्रहण
काठमाडौं । भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् ।
पर्यटकीय नगरी पोखराको लेकसाइटस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन होमका छात्राले विदेशी पर्यटकका निधारमा सप्तरङ्गी टीका लगाइदिएका थिए ।तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने मुख्य लक्ष्यका साथ भाइटीका कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाइ छ । कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवम् सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवमा टीका ग्रहण गर्नका लागि नै कतिपय विदेशी नागरिक बारम्बार पोखरा आउने गरेका छन् ।
विदेशी नागरिकलाई टीकासँगै गालामा सयपत्री फूलको माला र शीरमा नेपाली ढाका टोपी लगाइदिएका थिए भने उनीहरुका लागि सेलरोटीलगायतका परिवार छात्राले पस्किएका थिए । सो अवसरमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।







डिसी नेपाल








Facebook Comment