भारतीय रक्षा प्रमुख रावतसँग प्रधानसेनापति शर्माको भेट, द्विपक्षीय रक्षा सहयोग बढाउनेबारे छलफल

डिसी नेपाल
२४ कार्तिक २०७८ १९:३०
228
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपीन रावतसँग भेट गरेका छन् ।

नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मालाई आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.