शुक्रबार कस्तो रहला देशभरको मौसम?
काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल तराई, कोशी, मधेश प्रदेशमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू-भागमा बिहान केही समय तथा बाँकी तराई भू-भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ।
यस्तै, आज राति तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment