भारतमा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरलाई अवार्ड

डिसी नेपाल
२६ कार्तिक २०७८ २१:२७
3.8k
Shares

काठमाडौं । भारतको हैदराबादमा भएको इन्डियन पुलिस ट्रेनिङ्ग (आइपीएस) मा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले अवार्ड पाएका छन् । हैदराबादस्थित सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा भएको ५० हप्ता लामो तालिममा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरहरुले अर्वाड पाएका हुन् ।

अवार्ड प्राप्त गर्नेमा इन्स्पेक्टरहरु अनिल थापा, किरण राउत र सिमोन धिताल छन् । थापाले आउटडोरमा द बिएसएफ ट्रफि, राउतले द जयपुर कप र धितालले द जयपुर कपको उपाधि पाएका हुन् ।

उक्त तालिमको समापनमा भाग लिन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि हैदराबाद पुगेका थिए । सरदार वल्लभभाइ पटेल पुलिस एकेडेमीमा शुक्रबार बिहान भएको दीक्षान्त समारोहमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले उनीहरुलाई अवार्ड प्रदान गरेका हुन् ।

नेपालको तर्फबाट पुरस्कृत प्रहरी निरीक्षकहरु, प्रहरी निरीक्षक सुभाष खतिवडा र होमनाथ रेग्मी सहभागी थिए । हैदराबादस्थित सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा तालिम भएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.