बिरामी भएका प्रचण्ड ‘महोत्तरी गएर माछा खाएर फर्किए’ भन्ने हल्ला चलेपछि……

डिसी नेपाल
२७ कार्तिक २०७८ २१:४२
4.4k
Shares

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिरामी भएपछि स्थगित भएको कार्यक्रमलाई लिएर कतिपयले दुष्प्रचार गर्न खोजेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताएका छन् ।

अध्यक्ष प्रचण्ड जनकपुरमा आएर माछा भोजन गरेर फर्किएको भन्ने हल्ला हुन थालेपछि नेता पोखरेलले उनीहरूलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्ड महोत्तरीको रामगोपालपुर आएर स्वास्थ्य चौकी उद्घाटन गर्नेदेखि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

दुष्प्रचारलाई चिर्दै उच्च मनोबलसहित काममा जुट्न महोत्तरीका नेतालाई उनले आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या आई कार्यक्रम स्थगित भएपछि तत्काल बैठक बसी अध्यक्ष प्रचण्डकै प्रमुख आतिथ्यतामा यथाशक्य कार्यक्रम गर्ने सहमति भएको उनले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.