वैकल्पिक बाटो प्रयोग गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश

डिसी नेपाल
२८ कार्तिक २०७८ ११:२५
168
Shares

काठमाडौं। राजीनामा माग्दै नेपाल बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका छन्।

कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्ने मुल ढोका र महान्यायाधिवक्ता कार्यालय अघिका दुईवटा गेटमा धर्ना दिएपछि जबरा तेस्रो गेटबाट प्रवेश गरेका हुन्।

अदालत छिर्न सर्वोच्च अदालतअघि दुईवटा, नेपाल बार एसोसिएसन कार्यालय छेउमा अर्को, महान्यायाधिशवक्ता कार्यालयभित्रबाट छिर्ने अर्को सानो ढोका र सिंहरदरवार भित्र रहेको अदालतको एनेक्स भवनमा अर्को गेट छ।

जबरा अघिल्ला ढोका बन्द भएपछि एनेक्स भवनपट्टीको गेटबाट अदालत प्रवेश गरेका हुन्। यसअघि उनले निवासबाटै मुद्दाको पेसी तोकेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.