विवेकशील साझा पार्टीले जनता दरबार पार्टी र सिटिजन्स डिसकशन फोरमसँग एकता गर्दै

डिसी नेपाल
२८ कार्तिक २०७८ १६:४३
148
Shares

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी, राष्ट्रिय जनता दरबार पार्टी र सिटिजन्स डिसकसन फोरमबीच एकीकरण हुने भएको छ ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जरी गरी पार्टी केन्द्रीय समितिको बैठकले यी तीन पार्टीबीचको एकताको सहमतिपत्रलाई अनुमोदन गरेको जानकारी दिए ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने छ । रवीन्द्र मिश्र पार्टीको कार्यकारी अध्यक्ष रहने विज्ञप्तिमा जनाइएको छ ।

२०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको थियो ।

त्यस्तै सिटिजन्स डिसकसन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणको उद्देश्य राखेर डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.