प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि प्रदर्शन सुरु गरेको छ।
कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए।
प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ। तर, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment