सेवाग्राहीसँग घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ
सांकेतिक तस्वीर।
सर्लाही । सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो ।
काम मिलाइदिन्छु भन्दै एक लाख ५० हजार रुपैयाँ घुस लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment