सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीको छलफल निष्कर्षविहीन, भोलि फेरि बस्ने
काठमाडौं । सर्वोच्च अदालतका ११ न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
नेपाल बारका उपाध्यक्ष रक्षा बस्याले ११ जना न्यायाधीशसँग समसामयिक विषयमा छलफल भएको र भोलि फेरि बस्नेगरी छुट्टिएको बताइन् । उनकाअनुसार न्यायलय शुद्धीकरणका विषयमा छलफल भए पनि आज कुनै टुंगो लागेन ।
छलफलका नेपाल बारका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल र महासचिव लिलामणी पौडेल तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे सहभागी थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार चार सातादेखि आन्दोलनमा छ भने न्यायाधीशहरुले पनि मुद्दा हेरेका छैनन् ।
पाँच न्यायाधीशद्वारा छलफल बहिष्कार
इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् ।
छलफलमा सहभागिता जनाउन अस्वीकार गरेका न्यायाधीशहरुमा कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् छन् ।
न्यायालय शुद्धीकरणका लागि बार चार सातादेखि आन्दोलनमा छ । न्यायाधीशहरु पनि मुद्दा नहेरेर असहयोग आन्दोलनमा छन् । आन्दोलनमा रहेको बार र न्यायाधीशबीच सोमबारदेखि छलफल प्रारम्भ भएको हो । सोमबार नै प्रधानन्यायाधीश जबराले विधिसम्मत वार्तामा आउन आह्वान गरेका छन् ।







डिसी नेपाल








Facebook Comment