१८ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि

डिसी नेपाल
३० कार्तिक २०७८ १८:०२
440
Shares

काठमाडौं । नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् ।

एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ ।

एक हजार ९९९ प्रतिनिधि सहभागी हुने महाधिवेशनले एमालेको भावी नेतृत्व चयन गर्ने छ । पर्साबाट मात्र तीनजना पत्रकार महाधिवेशन प्रतिनिधि भएका छन् ।

प्रतिनिधि भएका पत्रकार मध्ये केही जनप्रतिनिधिसमेत छन् । उनीहरु पत्रकार महासंघको समेत सदस्य छन् ।

को कहाँबाट ?
गणेश बस्नेत, प्रेस चौतारी
गगन बिष्ट, प्रेस चौतारी
राजेन्द्र अर्याल, प्रेस चौतारी
मोहन चापागाईं, रुपन्देही जिल्ला
निर्मला शर्मा, प्रेस चौतारी
एलबी शेख, पर्सा जिल्ला
टीका बिष्ट, प्रेस चौतारी
कुशलबाबु बस्नेत, उदयपुर जिल्ला
महेश दास, पर्सा जिल्ला
अरबिन्द सिंह, पर्सा जिल्ला
के। बस्नेत, दोलखा जिल्ला
नारायण शाह, रुकुम जिल्ला
इश्वरी जीएम, रोल्पा जिल्ला
गायत्री आचार्य, दोलखा जिल्ला
कालिका पाठक, दोलखा जिल्ला
करण ताम्राकार, डडेलधुरा जिल्ला
सुन्दर जैरू, डडेलधुरा जिल्ला
श्याम बस्नेत, वाग्मती सम्पर्क समन्वय कमिटी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.