नेपाल प्रहरीका तीन डिआइजीको अचानक सरुवा
काठमाडौ। नेपाल प्रहरीका तीन डिआइजीको अचानक सरुवा भएको छ। प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार हिजो साँझ उनीहरुको सरुवा भएको हो। प्रहरी प्रधान कार्यालयले डिआईजीत्रय मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामाको सरुवा गरेको हो।
लुम्बिनी प्रदेशमा रहेका आचार्यलाई पाँच महिनामै हटाएर अधिकारीलाई पठाइएको छ। यसअघि अधिकारी प्रहरी प्रधान कार्यालय मातहत प्रबन्ध शाखामा थिए ।
अधिकारीको ठाउँमा डिआईजी लामाका सरुवा भएको छ। लामा यसअघि प्रहरी महानिरीक्षकको सचिवलायमा कार्यरत थिए। लुम्बिनी प्रदेशका डिआईजी आचार्यको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर सरुवा भएको छ । हाल त्यहाँ डिआइजीको दरवन्दी छैन।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment