शिक्षामा नवसिर्जना मेला भर्चुअलरुपमा मंसिर ८ देखि हुने

डिसी नेपाल
६ मंसिर २०७८ ९:५४
32
Shares

काठमाडौं । अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला(इनोभेसन इन एजकुेसन फेयर)को आयोजना गर्दैछ । यही मंसिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने मेलामा नेपाली शिक्षा व्यवस्थामा नयाँ पद्धति भित्र्याउन योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन अभ्यासबारे छलफल गर्ने छन् ।

विद्यालयको कक्षाकोठा रुपान्तरणका लागि संगीत, विद्यार्थीका विविध आवश्यकताको सम्बोधन, सिकाइका साधनको रुपमा पठन र लेखन, विद्यार्थीका जिज्ञासाको प्रोत्साहन र कक्षाकोठाको सान्दर्भिकताजस्ता विषयमा छलफल पनि गराइने दूतावासले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.