खोप लगाइसकेको यात्रा सहज बनाउन नेपाल र भारतबीच प्रमाणपत्र समझदारी

डिसी नेपाल
७ मंसिर २०७८ १८:५९
12
Shares

काठमाडौं । कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि नेपाल र भारत सरकारबीच समझदारी भएको छ । नेपाल र भारतीय स्वास्थ्य मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय दूतावासले जनाएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा स्वास्थ्य मन्त्री विरोध खतिवडाको उपस्थितिमा भारतीय राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्य सचिव डा रोशन पोखरेलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पूर्ण रुपमा कोभिड(१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज बनाउन यो समझदारी पत्र एक महत्वपूर्ण कदम हुनुका साथै भारत र नेपालबीचको कोभिड १९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित हुने दूतावासले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.