३३२ जना नयाँ सङ्क्रमित थपिए, ४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार ५९० जनामा पीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा र २ हजार ३३० जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २३२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा ४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ ।
यसैगरी देशमा हालसम्म सात हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment