कांग्रेस बाग्लुङका दुई क्षेत्रमा नयाँ नेतृत्व, जिल्ला अधिवेशन शुक्रबार

डिसी नेपाल
९ मंसिर २०७८ १३:३९

बाग्लुङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रमा मंगलबारबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइएको हो ।

कांग्रेस बागलुङ क्षेत्र नं.२ को सभापतिमा जोगलाल बुढा निर्वाचित भएका छन् । बुढाले अर्का प्रत्यासी नरजङ्ग घर्तीमगरलाई ९० मतान्तरले पराजित गरेका छन् । बुढाले ४ सय १९ मत प्राप्त गर्दा घर्तीले ३ सय २९ मतमात्रै प्राप्त गरे । बुढा संस्थापन पक्षबाट र घर्ती संस्थापनइतरका नेता मानिन्छन् ।

सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित भएका छन् । मल्लले ३ सय ८९ र घर्ती ३ सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले बताए । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी भएका छन् । कुँवरले ४ सय २२ र चन्दले ३ सय २४ मत प्राप्त गरे ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं.२ बाट खुला सदस्यतर्फ जीत शेरचन, नरबहादुर पुन निरज, अर्जुन शेरचन, मञ्जेशबम मल्ल, दोर्ण कुँवर, भरत शर्मा गैरे, सागर पोखरेल, टेकराज पौडेल, सिंहबहादुर राना र तुलसिंह घर्तीमगर निर्वाचित भएका छन् । प्रत्यक्ष महिलातर्फ गण्डकी थापा अधिकारी, गौता श्रीष, मञ्जु चालिसे र रेणुका काउचा निर्वाचित भएका छन् ।

खसआर्यबाट महिला सदस्यमा सरस्वती शर्मा रिजाल, खसआर्य खुला सदस्यमा ऋषिराम कँडेल र तिलबहादुर अधिकारी निर्वाचित भए । आदिवासी जनजाति महिला सदस्यमा राधिका पुन र लीलमाया पुन, आदिवासी खुलामा दीपेन्द्र श्रेष्ठ र देवेन्द्र घर्तीमगर निर्वाचित भए । दलित महिला सदस्यमा लिमाया पौवी र दलित खुला सदस्यमा भूमिराज सुन्चौरी र सोमबहादुर पौवी दामु विजयी भए ।

क्षेत्र नं.२ मा संस्थापन पक्षका उम्मेदवार वियजी भएका छन् । क्षेत्रीय समितिदेखि महाधिवेशन प्रतिनिधिसम्म संस्थापन पक्षको बहुमत रहेको नेताले बताए । यहाँका उम्मेदवार स्पष्ट दुई पक्षमा विभाजित भएका थिए ।

कांग्रेस बागलुङ क्षेत्र नं.१ मा चण्डीप्रसाद शर्मा विजयी भए । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले ५ सय ५४ मत प्राप्त गरे भने थापाले ५ सय ५० मतमात्रै प्राप्त गरे ।

सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल(गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं.१ बाट खुला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा, कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

खसआर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खसआर्य खुला सदस्यमा उमाकान्त पौडेल, नरायण शर्मा पौडेल र विष्णु शर्माले चुनाव जितेका छन् । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुलामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जिते ।

दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुला सदस्यमा सीताराम रसाइली विजयी भए । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित हुनु भएका छन् ।

यसैगरी, कांग्रेसको जिल्ला अधिवेशन यही मंसिर १० गते हुने भएको छ । जिल्ला अध्यक्षका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर, जित शेरचन र नवराज पौडेल आकाङ्क्षी देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *