चितवन पुगे ओली, ८ तस्वीरहरू – Dcnepal

चितवन पुगे ओली, ८ तस्वीरहरू

चितवन । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् ।

उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् ।

एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो