एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना

डिसी नेपाल
९ मंसिर २०७८ १७:४८

चितवन ।एमाले सचिव तथा महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने दाबी गरेका छन् ।
महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले उद्घाटनका दिन नारायणी नदी किनारमा मानव समुद्र उर्लिने दाबी गरे ।

तयारीबारे यसो भन्छन् भट्टराई

उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन । यो भनेको सभामा ५ लाख जनाको सहभागिता हो ।
नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कन्छ ।
चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ ।
बन्दसत्रको हल तयार भयो ।
महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ ।
नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन् ।
चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ ।
उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।
महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको छ ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् ।
भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित ९१०६ जना० गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।
महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् ।
एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।
कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् ।
महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ ।
१० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ ।
शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।
मंसिर ११ गते बिहान ८ः३० बजेबाट बन्दसत्र सुरू हुन्छ ।
बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली, दलका नेताहरु र विदेशी पाहुनाहरुले सम्बोधन गर्छन् ।
११ मंसिर साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी विरोध र फिर्ताको समय छ ।
सोही दिन साँझ ६ः३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *