कांग्रेस महोत्तरी अधिवेशनः क्षेत्र नम्बर ४ मा सर्वसम्मत, अन्य क्षेत्रमा विवाद

डिसी नेपाल
९ मंसिर २०७८ २१:०८

महोत्तरी ।नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आज पनि निष्कर्षमा पुग्न सकेन । आकांक्षीको संख्या बढी र सर्वसम्मतमा विवाद सिर्जना भएपछि क्षेत्रीय अधिवेशन निष्कर्षमा पुग्न नसकेको हो ।

प्राप्त जानकारीअनुसार बिहीबार बेलुकीसम्म क्षेत्र नम्बर ४ मा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । उपिनप्रसाद यादवको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचित भएको महोत्तरी कांग्रेसले जनाएको छ । अन्य क्षेत्रमा भने छलफल सर्वसम्मतको प्रयास जारी रहेको महोत्तरी कांग्रेसका सभापति महेन्द्र राय यादवले बताए ।

निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ मा अझै प्रदेश प्रतिनिधि चयन हुन सकेका छैनन् । निर्वाचन गर्न पनि नमान्ने र सर्वसम्मत गर्न पनि अस्वीकार गर्ने एक पक्षको अडानका कारण महोत्तरीमा वडादेखि पालिका र क्षेत्रीय अधिवेशन विवादित बन्दै आएको छ ।अझै मनरासिस्वा वडा नम्बर ८ मा वडा अधिवेशन हुन सकेको छैन । त्यसैगरी प्रदेश प्रतिनिधि छनोटमा समेत ढिलाइ भइरहेको केन्द्रबाट खटिएर आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीले बताए ।

विवादित क्षेत्र नम्बर १, २ र ३ मा सहमति नभए निर्वाचनको विकल्प नरहेको सभापति यादवको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *