एमालेले पोलिटब्युरो ब्युँताउने, पदाधिकारीको सङ्ख्या १५ बाट १९ पुर्‍याउने

डिसी नेपाल
११ मंसिर २०७८ ०:०८

चितवन । नेकपा एमाले पोलिटब्युरो ब्युँताउने भएको छ । असोज तेस्रो साता भएको विधान महाधिवेशनले पोलिटब्युरो नरहने विधान पारित गरेको थियो ।

सौराहमा चलिरहेको नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा एमालेको विधानमा ब्यापक संशोधनको तयारी गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने र पदाधिकारी संख्या थप गर्ने प्रस्ताव गरेका छन् । पदाधिकारीको संख्या १५ बाट १९ पुर्‍याउने प्रस्ताव ओलीले गरेका छन् ।विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव छन् ।

यस्तै ओलीले २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ बनाउने प्रस्ताव गरेका छन् ।

बैठकले पार्टीको विधानमा रहेको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई खारेज गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *