स्याङ्जाको कांग्रेस सभापतिमा थापा विजयी

डिसी नेपाल
११ मंसिर २०७८ ८:५९

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज(शनिबार) बिहान सम्पन्न मतगणनामा थापाले १ हजार १ सय १७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले १ हजार ८५ मत प्राप्त गरे । कूल २ हजार २ सय ५७ मतदातामध्ये २ हजार २ सय १८ मत खसेको थियो । विजयी थापा संविधानसभा सदस्य हुन भने मल्ल स्याङ्जा क्षेत्र नं.२ प्रदेश(ख) का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन् ।

दुबैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक/एक जना निर्वाचित भएका छन् ।

विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले १ हजार ३ सय ७० र मल्ल समूहका शेरबहादुर थापाले ८ सय ९३ मत प्राप्त गरे ।

सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई १ हजार २ सय ९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९ सय ३४ मत पाए भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल १ हजार १ सय ५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९ सय ३९ मत प्राप्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *