एमाले केन्द्रीय कमिटीमा दाङको दबदबा, उपाध्यक्षदेखि सदस्यसम्म

डिसी नेपाल
१३ मंसिर २०७८ १२:०१
352
Shares

काठमाडौं।नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा दाङबाट उपाध्यक्ष, महासचिवसहित १० जना समेटिएका छन् ।बन्दसत्रमा केपी ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य सार्वजनिक भएका हुन् ।जसमा दाङबाट एमालेको केन्द्रीय कमिटीमा उपाध्यक्ष, महासचिव र केन्द्रीय सदस्यमा नौ जना परेका छन् ।

सर्वसहमतिका लागि पेस गरिएको केन्द्रीय कमिटीको सूचीमा पार्टीको उपाध्यक्षमा युवराज ज्ञवाली, महासचिवमा शंकर पोख्रेल र केन्द्रीय सदस्यमा नरुलाल चौधरी, सुजिता शाक्य, मेनका पोख्रेल, शान्ता चौधरी, घनश्याम पाण्डे, कोमल वली, गंगा चौधरी, सीता सिग्देल न्यौपाने र साजिदा सिद्धिकीको नाम परेको छ । यद्यपि महाधिवेशनले औपचारिक रूपमा अनुमोदन गरी घोषणा गर्न बाँकी छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.