राप्रपा महाधिवेशन : लिङ्देनलाई समर्थन गर्न थापा र जबरालाई लोहनीको आग्रह

डिसी नेपाल
१४ मंसिर २०७८ १३:१८
272
Shares

काठमाडौं। राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्।

बुधबारबाट सुरू हुन लागेको राप्रपाको महाधिवेशनका लागि अध्यक्ष लिङ्देन र कमल थापाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ। राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुमपतिशमशेर जबरामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन् । तर, जबराले मौन बसेका छन्।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोहनीले लिङ्देनलाई समर्थन जनाउन थापा र जबरालाई आग्रह गरेका हुन्। नेतृत्वमा सर्वसम्मत जुट्न नसके युवालाई पार्टीको जिम्मेवारी दिने आफ्नो पूर्वघोषित विचारअनुसार लिङ्देनलाई समर्थन जनाएको भन्दै लोहनीले बाँकी अध्यक्षद्वय थापा र जबरालाई पनि लिङ्देनको समर्थनमा उभिन आग्रह गरेका हुन्।

लोहनीको ७ बुँदे अपील :

१. केही महिना अगाडि मैले रा.प्र.पा को नेतृत्व सहमतिमा पुग्नुपर्छ भन्ने भनाइ राखेको थिएँ । तर यो सम्भव नभए नयाँ पुस्तालाई दिन पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण स्पष्ट रुपमा सार्वजनिक माध्यमबाट व्यक्त गरेको थिएँ । सोही धारणा अनुरुप रा.प्र.पा को नया नेतृत्वमा रा.प्र.पाका पर्व महामन्त्री तथा माननिय श्री राजेन्द्र लिङ्गदेनको पक्षमा म उभिएको छ । रा.प्र.पामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाइ र विश्वास हो ।

२. म अन्य दुई मेरा मित्र अध्यक्षहरूलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नया नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु ।

३. संविधान भित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति रा.प्र.पा प्रतिबद्ध छ । रा.प्र.पाका कार्यकर्ताहरू देश भक्त छन् र सवै नेपालीको समृद्धिको लागि प्रतिवद्ध छन् । यो प्रतिवद्धतालाई मुल आदर्शको रूपमा लिएर अगाडि बढौँ । नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔँ ।

४. मेचीदेखि महाकाली देशको सबै क्षेत्र र कुनाकुनाबाट महाधिवेसनमा सहभागी हुन आउनु भएका प्रतिनिधि साथीहरू पार्टीको सर्वोच्च हुनुहुन्छ । तपाईंहरूको विवेक र निर्णयले पार्टीको भविश्य निर्धारण गर्नेछ । यस परिवेशमा मेरो अनुरोध स्वीकार गर्नु हुनेछ भन्ने आशा गरेको छु ।

५. पार्टीको माहाधिवेशनबाट जे निर्णय हुन्छ, त्यो हामी सबैको लागि शिरोधार्य हुनु पर्दछ, यही प्रजातान्त्रिक विधि र पद्धती हो र पार्टीलाई एकताबद्ध राजनैतिक शक्तिको रूपमा स्थापना गर्ने मुलमन्त्र हो।

६. साथीहरू, म विगतका वर्षहरूमा जस्तै भविष्यमा पनि रा.प्र.पाप्रति समर्पित रहनेछ र तपाईंहरूसँग काधमा–काध मिलाएर नेपाल र नेपालीको हितमा काम गर्न सदा सक्रिय रहनेछ ।

७. अन्तमा रा.प्र.पा को अध्यक्ष को हैसियतले विगत दई वर्ष जति काम गर्दा मप्रति सहयोग र सद्भाव राख्ने तथा मेरो गल्ती कमजोरी देखाइ आलोचना गर्ने लगायत सबै मित्रहरूमा धन्यवाद व्यक्त गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.