एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी

डिसी नेपाल
१५ मंसिर २०७८ १३:५१
348
Shares

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना दिन प्रचण्ड पुगेका हुन्। ६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी हुन पुगेका हुन्।

१० मंसिरमा भएको एमाले महाधिवेशन उद्घाटन सत्रमा आफू नगएर लिलामणि पोखरेललाई पठाएका प्रचण्डले बुधबार भइरहेको राप्रपाको उद्घाटन सत्रमा सहभागी भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.