कांग्रेस महाधिवेशनः गण्डकी प्रदेश महामन्त्रीमा कुमार खड्काको सम्भावना बलियो
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको प्रदेश तहको अधिवेशनमा गण्डकी प्रदेशबाट भावी नेतृत्वबारे नेताहरुको रस्साकस्सी चलेको छ। प्रदेशबाट सभापतिका लागि संस्थापनबाट अर्जुन जोशी उम्मेदार बन्ने निश्चित भइसकेको छ।
संस्थापन इतरबाट भने देवराज चालिसे, यज्ञबहादुर थापा, रघुनाथ पौडेल, महेन्द्रध्वज जिसी, शुक्रराज शर्मा आकांक्षी देखिएपछि सो समूहबाट साझा उम्मेदार टुंगो लाउन सकस परेको छ। यद्यपी रामचन्द्र पौडेल, डा. शशांक कोइराला साझा उम्मेदार बनाउन छलफलमा जुटिराखेका छन्।
त्यसैगरि प्रदेश महामन्त्रीमा पनि संस्थापन समूहबाट कुमार खड्का र ईश्वर पौडेल र इतर समूहबाट प्रेम पौडेल, कृष्ण केसी, बिष्णु लामिछाने आफ्नो उम्मेदारी पेश गरिराखेका छन्।
शुक्रबार उम्मेदारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ भने १८ गने मतदान हुने छ। दुई महामन्त्री निर्वाचित हुने विधान रहेको कांग्रेसमा कुन नेताले बाजी मार्छन् ?त्यसै भन्ने अवस्था नरहेपनि महामन्त्रीको उम्मेदार मध्ये कुमार खड्का सबैभन्दा प्रभावशाली नेता देखिएका छन्।
पूर्व वालवालिका तथा महिला मन्त्रीसमेत रहेका खड््का अहिले गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्रीसमेत हुन्। विकास प्रेमी छवी बनाएका खड्का केन्द्रीय राजनीतिमा समेत बलियो प्रभाव राख्ने नेतामा पर्छन्।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाका विश्वासपात्र मानिने खड्का केन्द्रमा राम्रो पहुँच राख्ने नेता हुन्। गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खड्का महामन्त्रीका सबैभन्दा हेबिवेट उम्मेद्वार हुन्। प्रदेश अधिवेशन मंसिर १६ गते उद्घाटन भएर १८ गते मतदान कार्यक्रम रहेको छ।







डिसी नेपाल








Facebook Comment