अवरुद्ध सडक सञ्चालनमा

डिसी नेपाल
१९ मंसिर २०७८ १९:५७
48
Shares

काठमाडौं ।कृष्णपुर नगरपालिका–१ बङ्क नजिक पूर्व पश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको जीपको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको माग राख्दै आज बिहानदेखि अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ ।

भारतीय डिएल १७ सी ४७५४ नंको जीपको ठक्करबाट पैदल यात्री अन्दाजी ६५ वर्षीय तारानाथको मृत्यु भएपछि बिहानदेखि स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका थिए । जीप सञ्चालक र पीडित परिवारबीच भएको छलफलमा क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमति भएपछि सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

जीपको ठक्करबाट मृत्यु भएका परिवारलाई तत्काल किरिया खर्चबापत रु ५० हजार रकम उपलब्ध गराउने र क्षतिपूर्तिबापत बीमाले तोकेअनुसारको रकम उपलब्ध गराउने सहमति भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.