लागूऔषधसहित दुई पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं ।लागूऔषधसहित सो कारोबारमा संलग्न दुईजनालाई आज पर्सा प्रहरीको टोलीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र वीरगञ्ज महानगरपालिका–१० मुर्ली बस्ने २१ वर्षीय सहजाद मन्सुरी रहेका छन् । ना.५६ प ५४१७ नंको सेतो पल्सर मोटरसाइकलको ट्याङ्कीभित्र कालो प्लास्टिकले बेरिएर लुकाई राखिएको सात प्याकेट लागूऔषध खैरो हिरोइन प्लास्टिक अन्दाजी (३.५ ग्राम) प्रहरीले बरामद गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment