बाजुरामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
बाजुरा । बाजुरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको छ।
नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खस्दा गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।
मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी लगिएको प्रहरी नायब ठगुन्नाले बताए । यस दुर्घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment