लागूऔषध सहित एक युवक पक्राउ

डिसी नेपाल
२३ मंसिर २०७८ २१:४०
56
Shares

काठमाडौं।हिमाली जिल्ला मुगुमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । छायानाथ रारा नगरपालिका १ बस्ने २२ वर्षीय भक्तराज शाही लागूऔषध खैरो हिरोइन ४.३५ ग्रामसहित पक्राउ परेका हुन् ।

सदरमुकाम गमगढी बजारको जिल्ला अस्पताल ठिनी मुगुको आसपासको क्षेत्रमा लागूऔषधको विक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलीले शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

उनकाअनुसार शाहीलाई लागूऔषध खैरो हिरोइन ४.३५ ग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बताए । पक्राउ परेका शाहीलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विरुद्धको कसुरमा मुगु जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.