कांग्रेस महाधिवेशनम : नेता र पाहुना आए आउने क्रम जारी
काठमाडौं। नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदैछ। काठमाडौं को भृकुटीमण्डमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना जाने क्रम सुरू भइसकेको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगिसकेका छन्।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुग्न थालेका छन्। दिउँसो १ बजे सुरु हुने भनिए पनि सो समयबाट सांस्कृति कार्यक्रम सुरु गरेर औपचारिक रुपमा भने उद्घाटन भने गरिएको छैन।
अहिले कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरिएको छ। साथै विभिन्न जातजातिको झाँक्री प्रस्तुत गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment