२५९ जना नयाँ सङ्क्रमित थपिए, ३ जनाको मृत्यु

डिसी नेपाल
२४ मंसिर २०७८ १५:५८
64
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४७२ जनामा पीसीआर परीक्षण गरिएकोमा २३२ जनामा र ४ हजार ३२ जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३३७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ५ हजार ९९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.