प्रभाकर देव शर्माको ‘धोका’मा आयुष्माको अभिनय
काठमाडौं। प्रभाकरदेव शर्मा नेपाली कला क्षेत्रका बरिष्ठ कलाकार हुन्। कमैलाई थाहा होला लेखक तथा निर्देशक समेत रहेका उनी गीतकार, गायक र संगीतकार समेत पनि हुन्।
बेला बेलामा उनका गीत सांगीतिक बजारमा भित्रिदै आएको छ। यस्तै शर्माको शब्द, संगीत स्वर रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ। प्रेममा असफल प्रेमीहरुमा सर्मपित गर्दै यो गीत ल्याइएको हो। गीतमा एरेन्ज सुयोग सोताङले गरेका छन्।
श्याड भर्सनमा तयार गीतको शब्दमा प्रेम बिछोडका पीडाहरु ब्यक्त गरिएका छन्। शर्माले गीतमा ड्रामा पनि समेटेका छन्। गीतको आकर्षक भिडियो पनि बनेको छ। भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम परेको दश बर्षपछि प्रेमीकाले गरिब भएको भन्दै आमाबुबाको करकापमा धोका दिएको कथा देखाइएको छ। भिडियो सामान्यतय भन्दा फरक र मार्मिक छ।
भिडियोमा प्रेम जोडीको रुपमा मोडल आयुष्मा कार्की र सिद्धार्थ सिलवाल देखिएका छन्। मदन थापा, सुवासचन्द्र सिलवाल र सितल ठकुरीको पनि भिडियोमा अभिनय देख्न सकिन्छ। कलाकार शर्माकै निर्देशक रहेको भिडियोमा बिशाल केसी र बुलेटको छायांकन छ भने सम्पादन बिशाल केसी र दिल श्रीपाल रहेका छन्। भिडियो हिल्स होम थेटर एन्ड प्रोडक्सनको युट्युबबाट सार्वजनिक भएको हो।
शर्मामा यसअघि पनि थुप्रै गीत सार्वजनिक भैसकेका छन्। ‘म पागल सरी तिमीलाई माया गरिरहन्छु’, ‘कुनै मन्दिरको पुजारी जस्तो पूजा गरिरहन्छु’, ‘आज मलाई कोही नरोक’ लगायतका गीत चर्चामा रहन सफल छन्। ‘घर हाम्रो नेपाल, जात हाम्रो नेपाली’ यो चर्चित राष्ट्रिय गीतका शब्द पनि शर्माले नै कोरेका हुन्। बिगत ४ दशकदेखि कलाको थुप्रै बिधामा क्रियासिल शर्मा पछिल्लो समय फिल्म निर्देशन तयारी गर्दैछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment