रुपन्देहीमा महिलाको हत्या गरी गहना लुट्ने चार जना पक्राउ
भैरहवा। रुपन्देहीमा एक महिलाको हत्या गरी कानको सुन लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। कोटहीमाई गाउँपालिका-५ स्थित छोटकी मझगाँवाकी ४१ वर्षीया जुबेदा (जोबेदा खातुन धोबी) को हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार गत कात्तिक १२ गते बिहान ११ बजे कोटहीमाई-६ र ७ को बिचमा रहेको धान खेतमा जुबेदाको हत्या भएको थियो। उनीमाथि टाउकोमा कोदालोको बिडले प्रहार गरी र घाँटीमा हँसियाले घोपेर हत्या गरेपछि कानमा लगाएको सुनका गहना लुटिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले कोटहीमाई-६ खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, ३० वर्षीय प्रमोदकुमार कुर्मी, सोही वडाको बोगडीका २६ वर्षीय मन्जे हरिजन र मर्चवारीका ३५ वर्षीय धर्मराज यादवलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई रुपन्देही जिल्ला अदालतमा पेस गरी ज्यान, करणी तथा चोरी र डाँकासम्बन्धी कसुरमा म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक शाहले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment