रुकुमपश्चिममा पहिचान नखुलेका पुरुष मृतावस्थामा फेला
जाजरकोट । रुकुमपश्चिममा एक जना पुरुषको शव फेला परेको छ। नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको रुकुम आठबीसकोटमा शव फेला परेको प्रहरीले जनाएको छ ।
आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् ।
शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment