सर्लाहीबाट डेढ सय किलो बढी गाँजा बरामद

डिसी नेपाल
२६ मंसिर २०७८ १५:१७
72
Shares

मलंगवा। प्रहरीले सर्लाहीबाट डेढ सय किलो बढी अबैध लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ निर्यात गर्नका लागि लुकाइ राखेको अवस्थामा मलंगवा नगरपालिका वडा नं. ८ बाट सशस्त्र प्रहरीले एक सय ६८ किलो लागुऔषध गाँजा बरामद गरिएको हो।

प्लाष्टिकको ६ ओटा बोरामा लुकाई राखेको अवस्थामा राखेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले गाँजा बरामद गरेपनि ल्याउने व्यक्ति फेला नपरेको जनाएको छ।

लागुऔषध गाँजा कसले र कहाँबाट ल्याएको हो त्यो अहिले खुल्न सकेको छैन् । तयारी अवस्थामा राखिएको गाँजा प्रहरीको आँखा छलेर भारत तर्फ निर्यात गर्न सीमा नजिकैको टोलमा राखेको अवस्थामा फेला परेको हो । तस्करको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.