सर्लाहीबाट डेढ सय किलो बढी गाँजा बरामद
मलंगवा। प्रहरीले सर्लाहीबाट डेढ सय किलो बढी अबैध लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ निर्यात गर्नका लागि लुकाइ राखेको अवस्थामा मलंगवा नगरपालिका वडा नं. ८ बाट सशस्त्र प्रहरीले एक सय ६८ किलो लागुऔषध गाँजा बरामद गरिएको हो।
प्लाष्टिकको ६ ओटा बोरामा लुकाई राखेको अवस्थामा राखेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले गाँजा बरामद गरेपनि ल्याउने व्यक्ति फेला नपरेको जनाएको छ।
लागुऔषध गाँजा कसले र कहाँबाट ल्याएको हो त्यो अहिले खुल्न सकेको छैन् । तयारी अवस्थामा राखिएको गाँजा प्रहरीको आँखा छलेर भारत तर्फ निर्यात गर्न सीमा नजिकैको टोलमा राखेको अवस्थामा फेला परेको हो । तस्करको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment