कोरोनाको ओमिक्रोन भेरिएन्टबाट पहिलो मृत्यु

डिसी नेपाल
२८ मंसिर २०७८ १२:१८
5.6k
Shares

काठमाडौं। कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमणबाट सोमबार पहिलो मृत्यु भएको छ । यही बीचमा नर्वे सरकारले आफ्नो देशमा आंशिक रुपमा लकडाउन लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायतमा २७ नोभेम्बरमा ओमिक्रेनको पहिलो केस भेटिएको थियो । सोमबार बेलायतमै एक व्यक्तिको ओमिक्रोन भेरिएन्टको संक्रमणबाट मृत्यु भएको हो ।

प्रधानमन्त्री बोरिस जोनसनले देशमा कडा प्रतिबन्ध लगाएका छन् । आइतबार उनले देशमा तेस्रो लहरको आशंका भएको बताएका थिए । बेलायतले समयमै कारवाही नगरिए यो महिनाको अन्त्यसम्म देशमा ओमिक्रेनका १० लाख केस हुने बताएको छ ।

एजेन्सीका अनुसार ओमिक्रोन संक्रमणका कारण नर्वेमा आंशिक लकडाउन लगाइएको छ । नर्वेका प्रधानमन्त्रीले ओमिक्रोन संक्रमणका कारण कडाइ गर्नुपर्ने आवश्इकता भएको बताएका छन् । नर्वेमा बार, रेष्टुरेन्ट, जिम बन्द गरिएका छन् । अडा कोभिड–१९ नियम लागु गरिएका छन् । जनवरीसम्म नयाँ केस प्रतिदिन ३ लाख पुग्ने आशंका गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.