ऋण तिर्न नसकेपछि अनिल अम्बानीको कम्पनी लिलामीमा बेचियो, ऋणको १ चौथाइ मात्र पर्यो
काठमाडौं। ऋणमा डुबेको अनिल अम्बानीको कम्पनी रिलायन्स नेवल एण्ड इन्जिनियरिङ लिमिटेड (आरएनइएल) अब मुम्बइका उद्योगपति निखिल भी मर्चेन्टको हुने भएको छ । लिलामी प्रक्रियामा निखिलले सबैभन्दा धेरै मूल्य कबोल गरेर यो कम्पनी अधिग्रहणको अधिकार पाएका हुन् । आरएनइएललाई मूल रुपले पिपावाव शिपयार्डको नमले चिनिन्छ ।
सूत्रले बिजनेस टुडेलाई बताएअनुसार निखिल मर्चेन्ट र उनका पार्टनरहरुको तर्फबाट समर्थित कन्सोर्टियम हेजल मर्केन्टाइल प्रा. लि. ले तेस्रो राउण्डमा सबैभन्दा धेरै मूल्य कबोल गर्यो जो अरुको भन्दा धेरै बढी छ । कमिटी अफ क्रेडिटर्सले गत महिना नै यो लिलामी प्रक्रियामा भारग लिइरहेका कम्पनीहरुसँग छलफल गरेर उच्च प्रस्तावहरुको माग गरेको थियो । त्यसपछि हेजल मर्केन्टाइलले शिपयार्डको लागि आफ्नो कबोल मूल्य संशोधन गरेर २७०० करोड बनाएको थियो । पहिले हेजलले २४०० करोड प्रस्ताव गरेको थियो ।
आइडीबीआइ बैंक रिलायन्स नेवलको लिवड बैंकर हो । शिपयार्डलाई गत वर्ष जनवरीमा नेशनल कम्पनी ल ट्रिब्युनल अन्तर्गत लगिएको थियो ताकि कम्पनीले तिर्न नसकेको ऋण असुली गर्न सकियोस् । रिलायन्स नेवल एण्ड इन्जिनियरिङले १२ हजार ४२९ करोड तिर्नुपर्ने ऋण छ । आरएनइएलले ऋण तिर्न बाँकी भएका १० ठूला ऋणदाताहरुमा भारतीय स्टेट बैंकको १९६५ करोड रुपैयाँ बाँकी छ । युनियन बैंक अफ इण्डियाको पनि १५५५ करोड रुपैयाँ तिर्न बाँकी छ ।
अनिल अम्बानीको यो कम्पनी लिलामीमा किन्नको लागि तीन कम्पनीले प्रस्ताव पेश गरेका थिए । एउटा दुबइको एनआरआइ समर्थित कम्पनी थियो जसले केवल १०० करोड प्रस्ताव गरेको थियो । उद्योगपति नवीन जिन्दलको कम्पनीले ४०० करोड रुपैयाँ प्रस्ताव गरेका थिए । आरएनइएलको नाम पहिले रिलायन्स डिफेन्स एण्ड इन्जिनियरिङ लिमिटेड थियो । अनिल अम्बानीको रिलायन्स समूहले २०१५ मा पिपावाव डिफेन्स एण्ड अफशोर इन्जिनियरिङ लिमिटेडलाई अधिग्रहण गरेपछि यसको नाम बदलेर रिलायन्स नेवल एण्ड इन्जिनियरिङ लिमिटेड बनाइएको थियो ।







डिसी नेपाल








Facebook Comment