हङकङको सपिङ सेन्टरमा भीषण आगलागी

डिसी नेपाल
२९ मंसिर २०७८ १३:३५
92
Shares

हङकङ। हङकङको सपिङ सेन्टरमा भीषण आगलागी भएको छ। आगलागी हुँदा ३ सयभन्दा बढि मानिस सपिङ सेन्टर भित्रै फसेका छन् ।

हङकङको वल्र्ड ट्रेड सेन्टरको भवनमा बुधवार भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिसहरु फसेका हुन् । आगलागी ३८ तले भवनमा मध्यान्ह १२:२७ बजे भएको हो ।

विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

सो भवनमा फसेकाहरुको उद्धार कार्य जारी रहेको र हालसम्म करिब १५० को उद्धार गरिएको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.