तलब र अन्य सेवा सुविधा नदिएको भन्दै शिक्षकहरूले गरे विद्यालयमा तालाबन्दी
बझाङ। बझाङ छबिसपाथिभेरा गाउँपालिका–७ मा रहेको मजखोरी माविमा कार्यरत निजी स्रोतका शिक्षकहरूले बुधबार विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । शिक्षकले तलब नपाएपछि विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका हुन्।
१८ महिनासम्म पनि तलब र अन्य सेवा सुविधा नदिएको भन्दै शिक्षकहरूले विद्यालयमा तालाबन्दी गर्न बाध्य भएकाे बताए । साथै, विद्यालयले खर्चमात्र देखाएर शिक्षकहरूको तलब राेकेकाे एक शिक्षकले गुनासाे गरे ।
विद्यालयमा काम गर्ने निजी स्रोतका शिक्षकहरूले काम गरेको सेवा सुविधा यति लामो समयसम्म रोकेर शिक्षकहरूको पीडा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले नबुझ्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
यता विद्यालयका प्रधानाध्यापक जनक बोहराले भने विद्यालयको पुरानो लगानी असुल हुन नसक्दा शिक्षकहरूलाई तलब भत्ता खुवाउन नसकिएको बताए । साथै, उनले स्थानीय सरकारले पनि कुनै चासो नदिएको र अन्य निकायबाट पनि सहयोग नभएपछि तलब खुवाउन नसकिएको बताए ।
केही दिनभित्र नै निजी स्रोतका शिक्षकलाई तलबभत्ता दिने उनले बताए ।







डिसी नेपाल








Facebook Comment